२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

राप्रपाको महाधिवेशन स्थगित


१ जेठ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन अध्यक्षको संयुक्त बैठकबाट महाधिवेशन स्थगितको निर्णय गरिएको नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाको महाधिवेशन यही जेठको २२ देखि २५ सम्म गर्ने तय भएको थियो । काेरोनाका कारण महाधिवेशन स्थगित गर्नुपरेको श्रेष्ठले बताउनुभयो । राप्रपमा कमल थापा, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १५:४१