२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

तस्बीरमा हेर्नुहोस्, नेकपा (एमाले)का नेताहरूको भावनात्मक एकता


१ जेठ, काठमाडाैँ । नेकपा एमालेको शीर्ष नेताहरूको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा केही अनैपचारिक तस्बीरहरू सार्वजनिक भएका छन । जसले नेताहरू भावनात्मक रूपमा समेत एकहुँदै गएको देखिउँछ । तस्बीरमा कटु आलोचक नेताहरू पनि नजिक नजिक भएर छुट्टाछुट्टै कुरागरिरहनुभएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको एक्लाएक्लै वार्तापछि शुक्रबार सामूहिक छलफल भएको थियो । सोक्रमा कैद भएका केही तस्बीरमा अब एमाले नेताहरूको बीचमा कुनै पनि किसमको बैमनश्यता छैन जस्तो देखिन्छ ।

छलफलमा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री एवं पार्टी महासचिव इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, संसदीय दलका उप नेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र स्थायी कमिटी सदस्य विष्णु रिमाल हुनुहुन्छ भने अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त सहभागी रहनु भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार ११:०५