२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एमाले शीर्ष नेताहरूको बैठक सकियो, जेठ २ मा फर्केर सहमति खोज्न कार्यदल गठन


३१ वैशाख, काठमाडौँ । नेकपा एमालेको शीर्ष नेताहरूको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल सकिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको एक्लाएक्लै वार्तापछि शुक्रबार सामूहिक छलफल भएको हो ।

छलफलपछि दैनिकीसँग कुरा गर्दै एमाले सचिव गोकर्ण विष्टले जेठ २ मा फर्किएर सहमति खोज्ने र त्यसका लागि कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले कार्यदलको सदस्यहरूको बारेमा भने अर्को बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।

छलफलमा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री एवं पार्टी महासचिव इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, संसदीय दलका उप नेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र स्थायी कमिटी सदस्य विष्णु रिमाल हुनुहुन्छ भने अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त सहभागी रहनु भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार २१:३७