२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

दोस्रो लटको अक्सिजन सिलिण्डर र भेन्टिलेटर पनि छिटै आइपुग्छः राजदूत यान्छी


३१ वैशाख, काठमाडाैँ । चीन सरकारको अनुदान सहयोगमा उपलब्ध अक्सिजन सिलिण्डरको दोस्रो खेप चाँडै नेपाल आउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी आज सामाजिक सञ्जाल ट्विटरमार्फत् दोस्रो खेपको स्वास्थ्य सामग्री छिट्टै काठमाडौँ आइपुग्ने जनाएकी हुन् ।

दोस्रो खेपमा आउने भनिएको सिलिण्डरको फोटो सार्वजनिक गरे पनि उनले त्यसको संख्या र काठमाडौँ पुग्ने मिति भने खुलाएकी छैनन् । चीनले पहिलो खेपमा दिएको चार सय सिलिण्डर, १० थान भेन्टिलेटर र १६० थान अक्सिजन कन्सन्ट्रेटर केही दिनअगाडि नेपाल वायुसेवा निगमको जहाजले बेइजिङबाट काठमाडौँ ल्याएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार २०:३७