२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

ओली सरकार ढाले पनि देउवाका लागि संसदको जागिर नछाड्ने माधव समूहको निष्कर्ष

२८ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले आफ्नै पार्टी नेतृत्वको सरकार ढाले पनि कांग्रेस सभापति शेरबहादुर देउवाको सत्ताको भोक मोटाउन संसदको जागिर नछाड्ने निर्षकर्ष निकालेको छ । यसअघि केही युवा नेताले पार्टी छाड्न नहुने दाबब दिएपछि सांसदहरूले राजिनामा दिन रोकिएको थियो ।

माधव समूहको भर्चुवल बैठकपछि नेता वेदुराम भुसालले नयाँ सरकार निर्माणमा राजीनामा दिएर भूमिका खेल्ने पक्षमा आफूहरु नरहेको उनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामी सरकारमा जान सक्दैनौं । सरकारमा नजाने भएपछि किन सरकार बनाउन पहल गर्नुपर्‍यो ?’

प्रतिपक्षी कांग्रेस र माओवादीले संयुक्त सरकार निर्माणको पहल गरिरहेका बेला नेपाल पक्षले भने त्यसका लागि आफ्नो भूमिका नहुने निष्कर्ष निकालेको हो । दल विभाजन भइनसकेको अवस्थामा सरकार निर्माणमा आफूहरूको भूमिका नहुने  उहाँले बताउनुभयो ।

देउवालाइ बहुमत पुर्याइदिन माधव नेपाल पक्षका सांसदले राजिनामा दिनुपर्ने राजिनामा दिएका सांसदलाइ उपनिर्वाचन मार्फत कांग्रेस र माओवादीले जिताइदिने प्रलोभन यसअघि नै दिइसकेको छ । यद्यपी त्यसमा सो समूहका सबै नेता विश्वस्त हुन सकेका छैनन् । कांग्रेस भने राष्ट्रियसभा सदस्य उपनिर्वाचनकै लागि इमान्दारिता देखाइसकेको भन्दै बाँकी नगदमा कुनै सम्झौता गर्न नसकिने बताएको  छ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार २१:०७