१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पूर्वउपराष्ट्रपति झाको नेपालीको शिर निहुराउने अभिव्यक्ति, भने नेपाल ‘मगन्ते देश’ हो


१६ फागुन, काठमाडौँ । पूर्वउपराष्ट्रपति परमानन्द झाले छिमेकी देश भारतमा पुगेर नेपाललाई ‘मगन्ते देश’ भनेका छन । भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्व्विद्यार्थी सम्मेलनमा सहभागी हुन पुगेका झाले त्यहाँको ‘दैनिक जागरण’सँग कुरा गर्दै नेपाल ‘मगन्ते देश’ भएको बताएका हुन । ‘दैनिक जागरण’ले बुृधबारको अंकमा पूर्वउपराष्ट्रपति झासँगको वार्तामा आधारित रहेर समाचार प्रकाशन गरेको छ । ‘चीन से डरनेकी जरुरत नहीं’ शीर्षक समाचारमा सो अखबारले पूर्वउपराष्ट्रपति झासँगको वार्तालाई समावेश गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार १४:०५