६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

काठमाडाैँ महानगरपालिकाबाट त्रिवि शिक्षण अस्पताललाई दश भेन्टिलेटर सहयोग


२५ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा डा दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रमुख शाक्यले हाम्रा योजना अस्पतालमा भेन्टिलेटर र सघन उपचार कष बढाउनुभन्दा व्यक्तिव्यक्तिलाई सङ्क्रमण हुनबाटै बचाउनेतिर केन्द्रित गरिनुपर्नेमा जोड दिनुभयो । भेन्टिलेटरको जम्मा मूल्य रु दुई करोड नौ लाख रहेको बताईएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताउनुभयो ।

अस्पतालमा अहिले दैनिक पाँच हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये दुई हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि कामपाको सहयोग आवश्यक रहेको प्रा डा काफ्लेले बताउनुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार २१:५३