१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कामीरिताको नेतृत्वमा यो सिजनको पहिलो सगरमाथा आरोहण, आफ्नै रेकर्ड पुनः तोडे


२४ वैशाख, काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा यो सिजनको पहिलो सगरमाथा आरोहण भएको छ । शुक्रबार साँझ ६ बजे १२ जनाको टिमले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका महानिर्देशक रूद्रसिंह तामाङले जानकारी दिनुभयो ।

कामीरिताले २५ औँ पटक सगरमाथा आरोहणको कीर्तिमान राखेका छन् । शेर्पाले २५ औँ पटक सगरमाथा आरोहण गरेर यसअघिको आफ्नै कीर्तिमान तोडेको विभागका महानिर्देशक तामाङले बताउनुभयो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार २१:४४