१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

गायक प्रेमध्वज प्रधानको निधन


२३ वैशाख, काठमाडाैँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो ।  उपचारको क्रममा उनको बिहिबार बसुन्धरास्थित न्यूरो अस्पतालमा निधन भएको हो । गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए । गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार १४:३६