१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बिहीबार पनि बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


९ वैशाख, काठमाडाैँ । बिहीबार पनि सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँमा काराेबार भएको छ । बुधबार तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार तोलाको १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलाको १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार ११:२९