१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


८ वैशाख, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनको मूल्य १३ सयले बढेकाे छ । आज छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, आज  तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँमा काराेवार भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलाको १३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार ११:३५