६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नुवाकोटको अध्यक्षमा कडेँल र सचिवमा पाण्डे


६ वैशाख, काठमाडाैँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नुवाकोटको अध्यक्षमा चर्चित युवा व्यवसायी गोपी कडेँल चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा ककनीका लिला तमाङ र सचिवमा अर्का युवा व्यवसायी दीपकराज पाण्डे चयन हुनुभएकोछ ।

महासंघको बागमती प्रदेशस्तरीय बैठकबाट अध्यक्षमा कडेँल र सचिवमा पाण्डे तोकिनु भएको हो । अध्यक्ष कडेँल बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का स्थायी बासिन्दा हुनुहुन्छ भने सचिव पाण्डे सोही नगरपालिकाको १३ नम्बर वडाका स्थायी बासिन्दा हुनुहुन्छ । तमाङ ककनी गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा हुनुहुन्छ ।

अध्यक्षमा चयन हुनुभएका कडेँल र सचिवमा चयन हुनुभएका पाण्डे दुबै प्रवासको प्रर्याप्त पैसा त्यागेर नेपालमै केही गर्नुपर्छ भनेर क्रियाशिल युवाहरू हुनुहुन्छ । त्यस्तै महासंघको नुवाकोट इन्चार्जमा नमराज तिवारी चयन हुनुभएको छ । इन्चार्ज तिवारी पनि बेलकोटगढी नगरपालिका वडा नम्बर ११ काे स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ नेकपा एमाले बेलकोटगढी नगरकमिटीको अध्यक्ष समेत हुनुहुन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार २१:३७