६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

गृहमन्त्री रामबहादुर थापाद्धारा पद तथा गाेपनीयताकाे शपथ ग्रहण


५ वैशाख, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा बादलले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई पद तथा गाेपनीयताकाे शपथ गराउनुभएकाे हाे । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८० बमोजिम थापालाई पद तथा गाेपनीयताकाे शपथ गराउनुभएकाे हाे ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको थियो । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १८:१२