१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आइतबार नेप्सेमा नागरिक लगानी कोषको १ कराेड ३५ लाख कित्ता हकप्रद सेयर सूचिकृत


५ वैशाख, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  नागरिक लगानी कोषको हकप्रद सेयर सूचिकृत भएकाे छ । आज नेप्सेमा नागरिक लगानी कोषकाे १ कराेड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म १:०८२८४ अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । साेही हकप्रद सेयर आज नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १५:०१