१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आइतबार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


५ वैशाख, काठमाडाैँ । आइतबार नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । आज सुनको मूल्य  २ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको  थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य  ९० हजार २ सय रुपैयाँमा काराेबार भएको छ । शुक्रबार तेजावी सुनको मूल्य ९० हजार रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  शुक्रबार तोलाको १३ सय रुपेैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार ११:२२