१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकप फागुन १९ देखि सुरू हुने


१५ फागुन, झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सर्वाधिक पुरस्कार राशिकाे  तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ ।

सो प्रतियोगितामा भारतको सिक्किम युनाइटेड क्लव, तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।

प्रतियोगितामा आयोजक टिम रमपम झापा ११ सहित मनाङ मस्र्यांदी, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीबल, सहारा क्लब पोखरा, रुपन्देही ११, सुदुरपश्चिम ११ कैलाली र भारतको सिक्किम युनाईटेड क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजयी टोलीले रु १२ लाख ५१ हजार र उपविजेता टोलीले रु ६ लाख प्राप्त गर्नेछ ।

त्यस्तै झापा ११ बाट उत्कृष्ट खेल प्रर्दशन गर्ने एक खेलाडीलाई मोटरसाइकलसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले बताएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १९:३०