१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रुरु जलविद्युतको आईपीओ बाँडफाँड


१० चैत, काठमाडाैँ । रुरु जलविद्युत् परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) बाँडफाँड गरिएकाे छ । जलविद्युतकाे उक्त आइपिओ चैत ९ गते साेमबार बाँडफाँड गरिएकाे हाे ।


कम्पनीले पहिलो चरणमा फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

त्यसैगरी, बाँडफाँडमा नपरेकाे रकम धिताेपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमाेजिम सम्बन्धित आवेदकहरूकाे बैंक खातामा पठाइने कम्पनीले जनाएकाे छ । कम्पनीकाे आइपिओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार १४:०४