१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एनआईसी एशिया बैंकले फेरि ल्यायाे २ कम्पनीको सेयर लिलामीमा


१० चैत, काठमाडाैँ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख ११ हजार ३६६ कित्ता संस्थापक सेयर आज (चैत १० गते) बाट लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर पटक-पटक लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ ।

बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ६१ हजार ३ सय ६६ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय ४० रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे न्युनतम मूल्य प्रतिकित्ता ४ सय ६६ रूपैयाँ ताेकिएकाे छ । उक्त सेयरमा लगानीकर्ताले आजबाट चैत्र १८ गतेसम्म न्युनतम १ सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।


त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार १२:४५