१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मंगलबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


१० चैत, काठमाडाैँच् । मंगलबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुनको मूल्य तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियाे । त्यसैगरी, आज तेजावी सुनको मूल्य  तोलाको ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिकात्मक तस्बिर ।

सोमबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलाको १२६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार ११:५८