१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एफपिओ निष्कासन गर्ने राष्ट्र उत्थान लघुवित्तको प्रस्ताव पारित


९ चैत, काठमाडाैँ । राष्ट्र उत्थान लघुवित्तको दोस्रो वार्षिक सभा सम्पन्न भएको छ । चैत्र ८ गते आइतबार, कम्पनीको उक्त सभा संस्थाकाे केन्द्रिय कार्यालय, साँगा, काठमाडाैँमा सम्पन्न भएको हो । सभाले हाल कायम जारी पुँजीको ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।


सभाले मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ । साथै सभाले अघिल्लो वर्ष लेखापरीक्षकलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरेको छ, भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा सम्पूर्ण आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि पारित गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १७:२९