१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

साेमबार नेप्सेमा २६ लाख ७४ हजार कित्ता बोनस सेयर सूचिकृत


९ चैत, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  बुटवल पावर कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १६:४०