१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आर्थिक विकास र दिगो शान्तिका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्छ : गृहमन्त्री थापा


१५ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आर्थिक विकास र दिगो शान्तिका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताएका छन् ।


नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताए । “भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,” भन्दै गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १८:०९