दैनिकी

  • २३ फाल्गुन २०७७, आईतवार १८:३७

एमाले व्यूँझिएको खुशीयालीमा नुवाकोटमा दीपावली (फोटोफिचर)

-प्रशान्तजंग पाण्डे

२३ फागुन, नुवाकोट । सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)पुरानै अवस्थामा फर्केका छन् । ती दलबीच २०७५ जेठ ३ गते एकता भए पनि निर्वाचन आयोगमा दल दर्ताका हिसाबले कानूनसङ्गत नभएको आदेश दिइएको छ ।

अदालतको अादेशले दलहरू पुरानै अवस्थामा पुगेपछि नुवाकोटमा रहेका तत्कालीन एमालेका नेता कार्यकर्ताले सडकमा सूर्य चिन्ह बनाएर दीपावली गरेका छन । सर्वोच्च अदालतको आदेशलेआइतबार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो दलसँग नाम जुधाएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछिको फैसलामा सो दल कट्टेलकै भएको फैसला गरेको छ ।

एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत देखिँदा उत्प्रेषणको आदेशले बदर गर्ने फैसला अदालतले गरेको छ । यसपछि एमालेका कार्यकर्ताले देशैभर खुशी मनाएका छन ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आईतवार १८:३७