२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

राष्ट्रिय सभागृहमा सार्वजनिक हुनुअघि विप्लवद्वारा वार्ता टोलीका सदस्यसँग छलफल


२१ फागुन, काठमाडाैँ । सार्वजनिक हुनुअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय सभागृहमा आफ्ना पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । विप्लवले सरकारसँग पार्टीका तर्फबाट वार्ताका लागि गठित समितिका शीर्ष नेताहरूसँग काठमाडौँमा भेटेका हुन् ।

विप्लवले आजै मात्र रिहा भएका पार्टीका नेता धर्मेन्द्र बास्तोला लगायतको टोलीसँग भेटेका हुन् । सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिक गर्न २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री ओली, विप्लव लगायतले सम्बोधन गर्दैछन् । गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोलीसँग विप्लव समूहले हिजो ३ बुँदे सहमति गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १४:०६