१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२० फागुन, काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य १ हजार रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य  तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार ११:४१