१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मोलुङ्ग हाइड्रोपावरले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल


१९ फागुन, काठमाडाैँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणस सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । आइपीओ निश्कासनको लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अकिंत दरको ३५ लाख ३१ हजार कित्ता सेयर जारी गर्ने लागेको हो । कुल कित्ताको स्थानीय प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता छुट्टयाईएको छ ।


आईपीओ निश्कासनको लागि मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार १४:४१