१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्र रिजाल


१८ फागुन, काठमाडाैँ। नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्र रिजाल चयन भएका छन । मंगलबार नेपाल पर्यटन बोर्डमा भएको बोर्ड बैठकले बोर्डकै सदस्य रिजाललाई उपाध्यक्षमा नियुक्त गरेको बोर्डका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए । बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यवसायीबाट उपाध्यक्ष तोक्ने व्यवस्था भए पनि अहिले तेस्रो पटक मात्र बोर्डले उपाध्यक्ष पाएको छ ।

पर्यटन बोर्ड ऐनले निजी क्षेत्रका प्रतिनिधिमध्येबाट एक जना उपाध्यक्ष तोक्नुपर्ने भनेको छ । तर बोर्ड स्थापना भएयता सात वटा कार्यकालमा अहिले तेस्रो पटक मात्रै निजी क्षेत्रबाट उपाध्यक्ष तोकिएको हो । धादिङका रिजाल टानका पूर्व अध्यक्ष हुन । रिजाल माघ २३ गते बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार १९:२३