१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

गोरू ब्याएर बिगौती खान खोज्नु र प्रचण्ड-माधवको नेतृत्वमा नयाँ सरकार बन्नु उस्तैः थापा


१३ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको नेतृत्वमा  नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर रहेको टिप्पणी गर्नु भएकाे छ । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस  लेख्दै सल्लाहकार थापाले प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना असम्भव रहेको बताउनु भएकाे हाे।

उहाले लेख्नु भएकाे छ, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरु अरु हेर्दै जाऔं !’

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार १२:२२