२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

थाइल्याण्डमा बाढीमा फसेका बालबालिकाको अझै उद्दार भएन


१२ असार, बैंकक । उत्तरी थाइल्याण्डको एक गाउँमा फुटबल खेल्न गएका १२ जना बालबालिकाको खोजी कार्य जारी नै रहेपनि उनीहरुको उद्दार हुन सकेको छैन । उद्दार कार्य मङ्गलबार पनि जारी रहेको तर परिणाम भने निराशाजनक भएको उद्दारमा खटिएका अधिकारीहरुले बताएका छन् ।

भारी वर्षापछि आएको बाढीको कारण गएको शनिबार एक गुफामा बसेर ज्यान बचाएका उनीहरुलाई अविरल वर्षाकै कारण उद्दारमा कठिनाई आएको हो । अर्काे गाउँमा फुटबल हेर्न पुगेका ती बालबालिका साँझ घर फर्किने बेलामा घनघोर वर्षा भयो र बाढी आयो । त्यसपछि उनीहरु एक गुफामा छिरेका स्थानीय अधिकारीहरुको भनाई छ ।

उनीहरु भन्छन्– उद्दारको लागि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ तर मौसमले साथ दिएको छैन । फुटबल म्याच खेल्न गएका बालबालिका र उनका एकजना प्रशिक्षक गत शनिबारबाट सोही गुफामा रहेका सरकारी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

म्यानमारको सीमा नजिकैको एउटा एकान्त स्थलमा रहेको यस गुफामा भारी वर्षापछि उनीहरूलाई उद्वारै गर्न नसक्नेगरी बाढी आएको अनुमान गरिएको छ । फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ । उनीहरुलाई डुङ्गाको सहायताले खानेकुराहरु दिइएको छ ।

मङ्गलबार बिहान सयौँ स्थानीय र ती बालबालिकाका आफन्तले बाढीले थुनिएको गुफाभन्दा केही पर प्रार्थना गरेका थिए । उनीहरुले ती बालबालिकाको सकुसल उद्दारका लागि भगवानसँग प्रार्थना गरेका थिए । सरकारले आफन्तजनलाई धैर्याधारण गर्न भनेको छ । सरकारका प्रवक्ताले मङ्गलबार पनि सक्दो प्रयास सरकारले जारी नै राखेकोेले धैर्य गर्न आग्रह गर्नुभएको हो ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार १४:५४