१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

३२.६७ अंकले घट्याे शेयर बजार, ८ अर्ब बढीकाे काराेबार


१० फागुन, काठमाडाैँ । साताको दोस्रो दिन शेयर बजार मापक नेप्से परिसूचक ३२.६७ अंकले घटेको छ । यसदिन परिसूचक १.२४ प्रतिशतले घट्दा बजार २६०७.६७ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, यस दिन २०७ कम्पनीहरूको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता शेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन लगानीकर्ताहरू हाइड्रोपावरतर्फ आकर्षित भएका छन् । अन्य सबै उपसमूहहरूको सूचक घट्दा हाइड्रोपावर र अन्य समूहमा मात्र लगानीकर्ताको आकर्षण छ । यी दुई कम्पनीहरूमा क्रमशः हाइड्रोपावर २.२६ प्रतिशतले बढेको छ भने अन्य समूहतर्फ १.२९ प्रतिशतले बढेको छ ।

अघिल्ला दिनहरूमा जस्तै यस दिन पनि नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस बैंकको शेयर मूल्य १० प्रतिशतले बढ्दै ६ सय ६० रुपैयाँ पुगेको छ । यस्तै आँखुखोला जलििवद्युत कम्पनीको शेयरमूल्यमा पनि सर्किट लागेको छ । यसको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ सय ६५ रुपैयाँ पुगेको छ । यस्तै अन्य ६ वटा कम्पनीहरूको शेयर मूल्य पनि सर्किट लेभलमा पुगेको छ । जसमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ९.९३ प्रतिशत बढेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमूल्य ९.८३ प्रतिशतले बढेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ । शिव श्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.६३ प्रतिशतले बढेको छ । यस्तै सनराइज फ्रस्ट मुचुअल फन्डको शेयर मूल्य ९.५९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार १५:३८