१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

झाँक्री पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण, सादा पोशाकका एक प्रहरी घाइते


२९ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माझण्ड समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि झाँक्री समर्थकले कुटपिट गरेका छन । एक सजना सादापोशाकका प्रहरी कुटिएका छन । उनी मुखमा झाक्री समर्थकले मुक्का प्रहार गरेका छन । अहिले उनलाइ भीडबाट झिकेर प्रहरी भ्यानमा राखिएको छ । झाँक्री भने घरको पर्खालभित्र बसेर हेरिरहेकी छिन । प्रहरीलाइ अनेरास्ववियूका नेताहरू सुदेश पराजुली, रोमश खतिवडा लगायतले नराबाजी गरेर झाँक्रीको गेटतर्फ जान दिएका छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने  र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई सोधपुछकाे लागि अपराध महाशाखा बोलाएको हाे । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरूद्धमा अपशब्द  बेलेकी थिइन । महाशाखाका प्रमुख दीपक थापाले सार्वजनिक रूपमा झाँक्रीले व्यक्त गरेका अपशब्दहरूको बारेमा बुझ्नका लागि प्रहरीले बोलाएको जानकारी दिए । झाँक्रीले एकलमहिलाहरूलाई  समेत अपमानित गर्ने गरी भाषण भाषण गरेकी थिइन । झाँक्रीलाई कारबाही गर्न अखिल नेपाल महिला संघले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १२:२६