१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कमानसिंह लामाको नेतृत्वमा कांग्रेस र राप्रपाका ५ सय भन्दा बढी नेकपा प्रवेश गर्दै


१३ माघ, काठमाडौँ । नेपाली कांग्रेस र राप्रपका ५ सय बढी नेता कार्यकर्ता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मुलधारको नेकपामा प्रवेश गर्ने भएका छन । राप्रपाका नेता एवं नुवाकोट जिल्ला विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाको नेतृत्वमा नेपाली कांग्रेस र राप्रपाका पाँच सय बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गर्न लागेका हुन ।

लामा भने मंगलबार नै नेकपामा प्रवेश गरेका छन । लामालाइ नेकपाका नेता एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य विजय लोप्चन र नेकपा नुवाकोटका युवा नेता वीरबल तामाङ लगायतले स्वागत गरेका थिए ।

बुधबार आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला र नेकपा नुवाकोटको जिल्ला भेला मार्फत ती नेता र कार्यकर्ताले नेकपा प्रवेश गर्ने लामाले दैनिकीलाइ जानकारी दिए । गत स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा लामाले नेपाली कांग्रेसलाइ सहयोग गरेका थिए । लामासँगै नेपाली कांग्रेसबाट निर्वाचित केही नेताहरू नेकपा प्रवेश गर्ने पनि उनले जानकारी दिए । लामाको नुवाकोटको तमाङ समूदायमा महत्वपूर्ण प्रभाव रहेको छ ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार २१:४५