१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिइन्छः प्रधानमन्त्री ओली


१३ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताउनुभएको छ । मंगलबार बिश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू को किर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता हुनुभएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताउनुभयो । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १५:४६