१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ बाँडफाँड कहिले ?


१३ माघ, काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आइपिओ) यही साता बाँडफाँड हुने भएको छ । नेपाली सेयर बाजरको हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको यस बैंकको आईपीओ ढिलोमा शनिबारसम्म बाँडफाँट गरिने क्यापिटलले जनाएकाे छ ।

बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रवन्ध एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबारसम्म सेयर बाँडफाँट गर्ने तयारी भइरहेकाे छ, सकेसम्म शुक्रबार नै बाँडफाँट हुन्छ । शुक्रबार नभ्याए शनिबार बाँडफाँट गर्ने तयारीमा रहेका छाैँ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन परेको छ । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् ।  कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेकाे मानिनेछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १२:१०