१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कालिका संस्कारकुलम चितवन नेपालका सञ्चालक दिवश घिमिरेलाई एसियाकै उत्कृष्ट युवा पुरस्कार


१२ माघ, काठमाडौँ । कालिका संस्कारकुलम सेकेन्डरी स्कुलका सञ्चालक, युवा साहित्यकार, समाजसेवी दिवश घिमिरे एसियाकै उत्कृष्ट एसिया अवार्ड  सम्मान प्राप्त गर्नु भएकाे छ  ।


दिवश घिमिरे, पिता ऋषिराम घिमिरे र माता सिर्जना घिमिरेका जेठा छोरा हुन् । घिमिरे २०४५ गते चितवन जिल्ला भरतपुर–२६, ज्योतिनगरमा जन्मिएका हुन् ।

विगत ११ वर्षदेखि शिक्षण पेसामा आबद्ध घिमिरे उत्कृष्ट युवाको रुपमा अवार्डमा लागि छनोट भएका हुन । घिमिरे चितवन शिक्षक संगठनका जिल्ला उपाध्यक्ष भएर काम गरिसकेका छन् भने उनलाई युवा साहित्यकार उपादी पनि प्रदान गरिएको छ ।

२०६९् /२०७० मा उनका दुइवटा पुस्तकहरु “नेपालका चार्वपर्वहरु” र “गन्तव्य र पाइलाहरु” प्रकाशित भईसकेका छन् । उनका दर्जनौ लेखहरु राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । उनका लेखहरु विशेष गरेर शिक्षा क्षेत्रसंग सम्बन्धित र अहिलेका नयाँ आगन्तुहरुलाई लक्षित गरेर लेखेको पाइन्छ ।

उनी भन्दछन् “समाजलाई परिवर्तन गर्न शिक्षाको क्षेत्रलाई फराकिलो बनाउनु पर्नेर कुशल, विद्यार्थी निर्माण गर्नका लागि विद्यालय,शिक्षक,शिक्षिका, अभिभावक र खुद विद्यार्थीको फराकिलो र सकारात्मक सोच बाट मात्र सफल हुने कुरा व्यक्त गर्दछन् । विशेष गरेर दुःख पिडामा रहेका मानिसहरुलाई सधै सहयोग गरिराख्ने घिमिरेले पुस्तक लेखेर त्यँहाबाट आएको रकमले धेरै पिडित बालबच्चाहरुको सहयोगमा जुटेका छन ।

बेलायत, जापान, म्यान्मार, भारत लगायतका देशहरुको भ्रमण गरिसकेका र अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालको प्रतिनिधित्व घिमिरे आशावादी युवा हुनुहुन्छ ।

नेपाल स्काउटका स्काउटर समेत रहेका घिमिरेले “अन्तराष्ट्रिय स्काउट एण्ड गाईड फेलोसिपका केन्द्रिय सदस्य भएर काम गरिसकेका छन् । राष्ट्रिय नागरिक समाजको केन्द्रिय उपाध्यक्ष समेत भैसकेका उनी राष्ट्रलाई सहि दिशामा अघि बढाउन प्रत्येक जनता, नेता, एकजुट हुनुपर्ने र राष्ट्रियताको सवालमा अत्यन्तै विवेकशील, कुटनितिक रुपमा चनाखो हुँदै देशका नागरिकहरु सक्रिय हुनुपर्ने कुरा व्यक्त गर्नुहुन्छ ।

एक दर्जन भन्दा बढी सं–संस्थाहरुमा आबद्ध रहेर समाज र राष्ट्रको हित र दिगो शान्तिको क्षेत्रमा अनवरत लागि परेका घिमिरे भन्छन, साहित्य समाजको ऐना हो जसले समाजभित्र घटेका तथ्य घटनाहरुलाई उजागर गर्ने गर्दछ र विशेष गरेर युवाहरुलाई जोशिलो र सहि दिशामा डोराउन अहम भुमिका खेल्ने कुरा बताउँछन् ।

मलेसियामा मुख्यालय रहेकाे संस्थाले घिमिरे सहित ५० जना भन्दा बढी युवाहरूलाइ सम्मान गरेकाे छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १६:३५