१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेप्सेमा गरिमा विकास बैंकको सेयरमूल्य समायोजन


१२ माघ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बोनस सेयरमूल्य समायोजन भएको छ ।  बैंकको १३.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको नयाँ मूल्य ३२४ रुपैयाँ तोकिएको छ। नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


गरिमा विकास बैंकले माघ ३० होटल पोखरा ग्राण्ड, विरौटमा बिहान १०ः३० बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले १३.५ प्रतिशत बोनश सेयर र ०.७१ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरि कुल १४.२१ प्रतिशत लाभांश अनुमोदन गर्ने छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १२:०६