१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रचण्डले द्धन्द्धको चेतावनी दिएको भोलिपल्टै काभ्रेको वनेपामा कुकर बम भेटियो


१० माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकप) विभाजन गरेर नयाँ पार्टी गठनको अभ्यास गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्ध निम्त्याउने चेतावनी दिएको भोलिपल्ट बिहानै काभ्रेको बेनामा प्रेसर कुकर बम भेटिएको छ । बनेपाको बुडोलमा बम भेटिएको हो ।

पत्रकार रामसुन्दर आचार्यले दिएको जानकारी अनुसार उक्त बम अहिले नेपाली सेनाले डिस्पोज गरिदिएको छ । र सडकमा रखेको उक्त बस्तु बम नै भएको सेनाले जनाएको छ । उक्त बमका कारण बिहान अरनीको राजममार्ग बन्द भएको थियो । अहिले बम डिस्पोज गरेपछि राजमार्ग खुलेको  छ।

प्रचण्डको चेतावनी र काभ्रेमा भेटिएको बमसँगको कुनै संगती नहोस् । यद्यपी प्रहरी अनुसन्धानले बम कसले किन राख्यो भन्ने खल्ने नै छ । यो पनि पढ्नुहोस्ः अदालतले सरकारको निर्णय सदर गरे फेरि द्धन्द्ध निम्त्याउने प्रचण्डको चेतावनी

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ०८:११