१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘छ माया छपक्कै’ फिल्म युट्यबमा सार्वजनिक


७ माघ, काठमाडौँ । ‘छ माया छपक्कै’ फिल्म युट्यबमा सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको हो । दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा रहेको छ ।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय  रहेकाे छ ।रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्म युट्युबमा आएको जानकारी सहितको एक स्टाटस कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १२:०२