१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कामना सेवा विकास बैंकको नाफा १६२ प्रतिशतले बढ्यो


५ माघ, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.६२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। दोस्रो त्रैमासमा बैंकले ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै गैर सञ्चालन आम्दानी उल्लेख्य बढेका कारण खुद नाफा १६२ प्रतिशत बढेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २७ करोड १९ लाख ६७ हजार रुपैयाँ रहेको छ।

उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १९.८५ प्रतिशतले धेरै हाे । त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले सञ्चालन मुनाफा पनि ६४.३२ प्रतिशतले बढाएर ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ पुर्याएकाे छ ।

बैंककाे गत वर्षको यसै अवधिमा १० लाख २४ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी पनि यस वर्ष बढेर २१ करोड २ लाख ५४ हजार रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी र सञ्चालन मुनाफा तथा गैर सञ्चालन आम्दानी बढेसँगै बैंककाे नाफा आकर्षक ढङ्गले बढ्न मद्दत पुगेकाे हाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी २ अर्ब ५४ करोड एक लाख ९५ हजार रुपैयाँ, जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेकाे छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १०:३४