१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेप्से हालसम्मकै सर्वाधिक उचाइमा, परिसूचक २३ सयभन्दा बढी बिन्दुमा


४ माघ, काठमाडाै । नेप्से हालसम्मकै सर्वाधिक धेरै उचाइमा पुगेको छ । साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज अनुसार, आइतवार शेयर बजार मापक नेप्से परिसूचक २८.४६ अंकले बढ्दै २३१५.०० विन्दुमा पुगेको छ । जुन हालसम्मकै सर्वाधिक धेरै उचाइ हो ।


यसदिन कारोबारमा आएका जलविद्युतबाहेक सबै उपसूचक बढेका छन् ।कूल २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।आइतवार बजारमा १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ ।यसदिन १६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढेर सर्किट लागेको छ । यसदिन विशेषगरी विकास बैंक र लघुवित्तका शेयरमा बढी आकर्षण देखिएको छ ।

युनाइटेट फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।आजको बजारमा सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भयो ।

प्रकाशित मिति : ४ माघ २०७७, आईतवार १७:००