१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल एसबिआई बैंकको ९.४७ प्रतिशत लाभांश पारित


२८ पुस, काठमाडाैँ । नेपाल एसबीआई बैंक लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न सभाले बैंकको आ.व. २०७६-७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६-७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।

सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनश शेयर र ३.४७ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ। साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लि.’ को आ.व. २०७६-७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ।


उक्त साधारणसभाले आ.व. २०७७-७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ। साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १९:४१