१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रभु लाइफको आइपिओ बाँडफाँड, ५ लाख ४० हजारले पाए १० कित्ता


१० पुस, काठमाडाैँ । प्रभु लाईफ इन्स्योरेन्सको आइपिओ आज बाँडफाँड भएकाे छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार  ५ लाख ४० हजारले न्युनतम १० कित्ता आइपिओ पाएका छन्।

गोलाप्रथाबाट बाँडफाँड भएको आइपिओमा ५ लाख ९ हजार ४७ योग्य आवेदकले प्रभु लाइफको आइपिओ पाएनन् । १० लाख ४९ हजार ४७ आवेदक मध्ये २ हजार १ सय ६९ जनाको आवेदन रद्द भएको छ । 

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार ११:४४