१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बास्केटबलको उपाधि मल्पीको कब्जामा


१४ फागुन, काठमाण्डौं । काठमाण्डौंमा तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधिमा मल्पी इन्स्टिच्युट ‘ए’ ले कब्जा जमाएको छ ।

आज भएको फाइनल खेलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले पराजित गर्दै उपाधि हातपारेको हो ।

आजै भएको सेमिफाइनलमा मल्पी ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ तथा काष्ठमण्डपले गत दुवै संस्करणको विजेता साइपाल एकेडेमीलाई १०–९ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । फाइनलका सर्वा्धिक स्कोरकर्ता प्रसङ्ग ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र काष्ठमण्डपका निर्देशक एवं प्राचार्य डा शिवा थापाले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । तीनदिने उक्त प्रतियोगितामा आठ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १७:३५