१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

झापामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या, अभियुक्त पक्राउ


२५ मंसिर, झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जनाएको छ ।

अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए । प्रहरीले शङ्का लागी केरकार गर्दा बिर्जा आफँैले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ ।

फाइल फाेटाे

बुधबार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्गको कल्भर्टमुनि लगी बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताउनुभयो । घटनास्थलमा पुगी प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १३:५६