१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ज्योति लाइफ इन्स्योरेन्स आईपीओ निष्काशनको अनुमतिका लागि पुग्याे धितोपत्र बोर्ड


२३ मंसिर, काठमाडाैँ । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर (आईपीओ) निष्काशनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले मंसिर १९ गते आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनी हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । चुक्ता पूँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्नेछ । ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रूपैयाँ पुग्नेछ । कम्पनीको शेयर निकाष्शन तथा बिक्री प्रबन्धकमा एनएमवी क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १७:११