१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रुसमा एक लाखभन्दा बढी नागरिकले लगाए कोभिड- १९ खोप


१९ मंसिर, मस्को । एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोभिड -१९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड -१९  विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो ।

गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिनुभएको छ । साथै उहाँले रुसले यहाँका नागरिकलाई सो खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ ।


गएको महिना मात्र सो खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । पछिल्लो समय रुसमा पनि कोभिड- १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । रुसमा २३ लाखभन्दा बढी नागरिक काेराेना संक्रमित रहेकाे पाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०७:५९