१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन


१८ मंसिर, काठमाडाैँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को लागि वितरण गर्ने घाेषणा गरेकाे लाभांश परिमार्जन गरेकाे छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ काे वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा कुल १७.५ प्रतिशत लाभांश गरेको थियो ।

जसमध्ये १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर गरी कुल १७.५ प्रतिशत लाभांश घोषणा गरेर बीमा समितिमा स्विकृतीकाे लागि पेश गरेकाेमा बीमा समितिले स्वीकृत नगरेपश्चात कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्ने नयाँ लाभांश प्रस्ताव गरेको हो ।


अब लगानीकर्ताले १०.५३ प्रतिशत लाभांश पाउनेछन् । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १० प्रतिशत बोनस र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार ११:५०