१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इतिहास, अलग्गिने प्रक्रिया र डबल नेकपा


-रामलाल श्रेष्ठ

हिजो एक जना युवा संघको कमरेड संग भेट भयो । युवाहरुलाइ नेतृत्व जिम्मा लगाउने दस्तावेज १३ गते शनिबार नेकपा सचिवालयमा अध्यक्ष तथा प्रधानमन्त्री के पी ओली ज्यूले पेस गर्नु भयो। युवा कमरेड संगको भेटमा मैले नेकपा लगायत नेपालको राजनीतिक दलहरू बिभाजन वा अलग्गिने प्रक्रियामा छन। अलग्गिने एउटा मानिसको बैज्ञानिक प्रक्रिया हो । यस्को ब्याख्या कार्लमार्क्सले आफ्नो दोस्रो पुस्तक पेरिस म्यानुस्क्रितमा Alienation शिध्दान्तमा ब्याख्या गरिएको छ भनेर भने। उनको जवाफ थियो कार्लमार्क्सको पहिलो पुस्तक त पुंजी होइन र ? अनि यो पेरीस म्यानुस्क्रित कहाबाट आयो ? यो त हामीले कहिल्यै सुनेनौ त। ती युवा कमरेडलाइ मैले भने कम्युनिष्टले अलग्गिने प्रक्रिया( alienation) थाहा छैन भन्छ भने उसले मार्क्सवादको क ख ग पनी थाहा छैन भनेर मान्नु पर्दछ। मार्क्सवादको मूल शिध्दान्त नै अलग्गिने प्रक्रिया हो। थुप्रै पटक एलिनेसन प्रक्रिया कोवारे लेखिसके तर थोरैले मात्र बुझे जस्तो लागेर पुनः सरल भाषामा लेख्ने वा बुझाउने कोसीस गर्दैछु।

Creative humanism (रचनात्मक मानव)

कार्लमार्क्सको अलग्गिने प्रक्रिया बुझ्न मार्क्सको रचनात्मक मानिस बुझ्न आवस्यक छ।कार्लमार्क्स मानिसलाई प्रकृतिको उत्पादन मान्दछन।मानिस इस्वरले रचना गरेको प्राणि वा जिवको रुपमा कार्लमार्क्स मान्दैनन । मानिसको रचना धर्तिको ऐतिहासिक रुपान्तरणको सिलसिलामा आजभन्दा तिन देखी पाच लाख बर्ष पहिले भएको हो। मानिस प्रकृतिको वातावरणीय प्रभावको रुपान्तरणको सिलसिलामा आफूलाई जिवित राख्ने सन्घर्षको दौरान मानिसको रुपमा प्रकृतिले विस्तारै विस्तारै समय क्रममा बिकास गरेको जिव हो । मानिस प्रकृतिसँग आफ्नो शारीरिक शक्तिले पौठेजोरी खेल्दै विकास भएको एउटा अन्य जिव जस्तै प्रकृतिले सृजना गरेको जिव हो ।

मानिस भन्ने जिवले अरु जिवले जस्तै आफ्नो जिवनको निरन्तरताको लागि प्रकृतिमा उपलब्ध जे जस्तो बस्तु उपलब्ध छ त्यसै मार्फत जिवन गुजारा गर्दै आगाडी बढने क्रम जारी राखिरह्यो । प्रकृतिका ठुल ठूला उथल पुथल पुर्ण प्राकृतिक घटनाहरु संग जुध्दै वा सन्घर्ष गर्दै अगाडि बढने क्रममा मानिसले प्रकृति बाटै जिवन यापनका लागी केही बस्तुहरु बनाउने क्षमता बिकास गर्दै आयो । यही विन्दु नै मानिसको रचनात्मक मानिसको बिकासको विन्दु हो। मानिसले प्रकृतिमा उपलब्ध बस्तुहरुवाट आफ्नो जिवनको गुजाराको निरन्तरताको लागी आवस्यक बस्तुको निर्माण गर्ने क्षमता नै creative humanism (रचनात्मक मानव) को युगको सुरुवात हो। लामो समयसम्म प्रकृतिसंग जनावरको अवस्थामा रहेर आफ्नो आवस्यकताको बस्तु बनाउन सक्षम भएको स्थितीमा उक्लिएको मानिस नै रचनात्मक मानिस हो। मानिसको इतिहास यही विन्दुवाट अझ परिष्कृत वा विकसित हुदै आज यहा सम्म आइपुगेको छ।

अलग्गिने प्रक्रिया (alienation)

मानिसको इतिहासको ब्याख्या नै मार्क्सवाद हो। मानिसको ऐतिहासिक विकासको ब्याख्या नै मार्क्सवाद हो। कार्लमार्क्सले सबभन्दा पहिले मानिसको ब्याख्या गरे। कार्लमार्क्स भन्दा अगाडि मानिस इस्वरको रचनाको रुपमा ब्याख्या हुदै आइरहेको थियो। मानिस स्वतन्त्र जिवको रुपमा ब्याख्या गर्ने पहिलो दार्शनिक कार्लमार्क्स नै हुन। मानिस प्राकृतिक अवस्थामा स्वतन्त्र पुर्वक धर्तिमा अन्य जिवहरु जसरी जिवन गुजारा गर्ने जिव नै हो। यसरी जिवन गुजारा गर्ने सिलसिलामा जव मानिसले केही बस्तुको निर्माण गर्ने युगमा पुगेपछी मानिस प्राकृतिक अवस्थावाट अलग्गिने प्रक्रिया पनी सुरु भयो। प्रकृतिक अवस्थामा मानिस आफ्नो रचनात्मक क्रियाकलाप वाट जे जस्तो बस्तु बनाउन सक्थ्यो त्यसै बस्तुको मध्दतले आफ्नो जिवन चलाउदै अगाडि बढीरहेको थियो। यो क्रमलाई मानिसले एक पछी अर्को बस्तुको आविस्कार वा निर्माण गर्दै अगाडि बढीरह्यो।

आफूलाई स्वतन्त्रता पुर्वक सृजनसिल क्रियाकलापमा मानिस आनन्दको अनुभूति गर्दै अगाडि बढदै आयो। यो प्रक्रियामा मानिसले जव औजार हुदै विभिन्न प्रविधीको सृजना गर्दै गयो त्यो औजार र प्रविधीको प्रयोगवाट मानिसको रचनात्मक क्षमताको उपयोग कम हुदै गयो। मानिसको रचनात्मक क्षमताको गुण औजार र प्रविधीले खादै गयो। मानिसको रचनात्मक गुण विस्तारै मानिसवाट अलग्गिदै वा हराउदै गयो। मानिसको सरिरको अंगहरू लामो समयसम्म प्रयोग विहीन अवस्थामा रहेमा प्रकृतिले त्यो अंगको आवस्यकता महसुस गर्दैन र त्यो अंग विस्तारै मानिसको सरिरवाट अलग्गिने वा हराउने प्रक्रियामा हुन्छ।

औजार र प्रविधिको विकासले मानिस भीत्रको रचनात्मक गुण सृजना गर्ने अंगको प्रयोग विस्तारै विस्तारै कम प्रयोग हुदै जाने प्रक्रियामा हुन्छ। मानिसले ऐतिहासिक क्रममा औजार र प्रविधिको प्रयोग बढाउदै लाने सिलसिला जारी राखेको राख्यै छ। एकातिर प्रविधीको सृजना गर्ने क्रममा मानिसको रचनात्मक गुणको विकास त भएको छ तर त्यो प्रविधिको प्रयोगले मानिसको रचनात्मक गुणमा ह्रास पनी आइरहेको छ। मानिस प्रविधिको दासको रुपमा उसको सेवा गरिरहेको छ। प्रविधीको मध्दतले जे उत्पादन हुन्छ त्यही बस्तुवाट जिवन निर्वाह गर्दै आनन्द महसुस गर्ने स्थितीमा पुगेको छ।

मानिसको रचनात्मक गुणको कारण सृजना हुने बस्तुमा मानिस आनन्द लिने स्थिती नै छैन। मानिसको आफ्नो रचनात्मक बस्तु आफ्नो अगाडी नहुदा मानिस आफूलाई आफैवाट अलग्गिएको महसुस गर्दछ। यो स्थितिमा मानिस बस्तुको सट्टा मुद्राबाट खरिद गरिने बस्तुमा आनन्दको खोजी गर्दछ। यो स्थिति सबभन्दा उच्च पुंजिवादी प्रणाली मा हुन्छ। आज हामि सबभन्दा बढी अलग्गिने प्रक्रिया मा छौ। हामी संग रचनात्मक कामको अभाव छ। कामको लागि विदेसी भूमीमा जान बाध्य छौ। देश भित्र कुनै रोजगारीको सृजना छैन। कामको अभावमा मानिसमा रचनात्मक क्रियाकलाप केही हुदैन। यो स्थीती अलग्गिने प्रक्रिया को खराव स्थिती हो।मानिस मेसीन जस्तो मेकानिलक क्रियाकलापमा जति अलग्गिने हुन्छ विना काम हल्लिरहने अवस्थामा पनी आफू आफैवाट अलग्गिने प्रक्रिया चलिरहेको हुन्छ।

नेपाली समाज दुवै अवस्थामा अलग्गिने प्रक्रियामा छ। वैदेशिक रोजगारीमा जाने मानिसको अलग्गिने प्रक्रिया एकातिर छ भने देश भित्र वेरोजगार युवा जमात राजनीतिक पार्टीकै वेरोजगार कार्याकर्ताको रुपमा यत्र तत्र डुलिरहेको देखिन्छ। यी युवाहरू कुनै रचनात्मक क्रियाकलापमा संलग्न नहुँदा आज राजनीतिक दलहरु अलग्गिने प्रक्रियामा जान बाध्य भैरहेको छ । युवा पुस्तालाई नेतृत्व सुम्पेर यो अलग्गिने प्रक्रिया रोकिनेवाला छैन। नेपालको पुरै प्रणालीको रुपान्तरण एक मात्र अलग्गिने प्रक्रिया को समाधान हो।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार ०९:२५