१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लाइफ इन्स्योरेन्स कर्पोरेशनले घोषणा गर्यो लाभांश


११ मंसिर, काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको रहेको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश  वितरण गर्ने घोषणा  गरेको हो ।

चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हाे । उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार १०:००