१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत


५ मंसिर, काठमाडाैँ । मुक्तिनाथ विकास बैंक​ लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड-२०२०’ को विजेता भएको छ । यस बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड-२०२०’ को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

‘युरोपियन माइक्रोफाइनान्स अवार्ड-२०२०’ को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ वटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिनेछ ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ वटा शाखाहरु मध्ये ११८ वटा शाखा मार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिई रहनु भएको छ भने यो क्षेत्रमा रु. १७ अर्ब भन्दा बढी लगानीमा रही रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १७:२४